‘जानी नजानी’ ट्रेलर लन्च : कर्पोरेट प्रेमभित्र लुकेको डार्क पाटो

0

कर्पोरेट घराना बाहिरदेखि जति सुकिलो देखिन्छ, भित्रदेखि उति नै अँध्यारो । कर्पोरेट प्रेममाथि विश्व फिल्ममा धेरै प्रयत्न भए । फिल्म जानी नजानीले नेपाली बिजनेस हाउसभित्रको त्यही प्रेम देखाउँछ ।

शुक्रबार काठमाडौंमा ट्रेलर लन्च गरियो । लगभग सबैजसो डेब्यु तन्नेरीलाई लिएर रोशनी केसीले बनाएको फिल्म चैत १ गते रिलिज हुँदैछ । ट्रेलरले मुख्य प्लट र द्धन्द्ध देखाउँछ जसमा प्रेम र बिजनेस हाउसभित्रको सम्बन्ध र उतारचढाव छ ।

मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी लगायत मुख्य भूमिकामा फिचर्ड छन् । भारतको मनालीका मनोरम दृश्य खिचिएको फिल्मको संगीत पनि आकर्षक लाग्छ ।

बसन्त अधिकारी निर्देशित फिल्मलाई सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । ‘यसअघि पनि ड्रीम्समा मैले कर्पोरेट हाउसभित्रको प्रेमलाई देखाउन खोजेको थिएँ । त्यसलाई धेरैले रुचाउनुभयो’ तिमल्सिनाले भने, ‘यसको मुख्य कथावस्तु नै त्यही । युवापुस्ताले रुचाउन सक्नुहुन्छ ।’

निर्देशक अधिकारीले सातवर्षदेखिको सपना पुरा भएको बताए । अभिनेत्री श्रेष्ठले अघिल्लो फिल्मभित्र यसमा आफू परिपक्व महसुस भएको बताइन् । कलाकारद्धय मनिष र निरिशाले फिल्मबाट अत्यन्त आशावादी भएको बताउँदै नेपाली फिल्म नयाँपुस्ताको काँधमा आएको बताए ।

डाक्टर खाते फेम्ड निर्मात्री केसीले यसपटक व्यवसायिक मूल्यसहितको फिल्म निर्माण गरेकी छन् । यसअघि उनले बनाएको डा. खातेले सामाजिक दायित्वसहितको कन्टेन्ट उजागर गरेको थियो ।

Share.

About Author

Leave A Reply