आजदेखि फिल्म बिमा लागु, बजेटको १ प्रतिशत बुझाउनूस र बिमा गर्नूस

0

नेपाल चलचित्र निर्माता संघले ‘फिल्म बिमा’ लागु भएको जनाएको छ । ‘दुर्घटना बिमापछि हामी प्रोजेक्ट बिमा लागु गर्न सक्षम भएका छौं’ अध्यक्ष आकाश अधिकारीले मूभिमान्डुसँग भने ।

निर्माताले कूल लगानीको १ प्रतिशत शुल्क बुझाएर निर्माता संघमा फिल्म प्रोजेक्ट बिमा गर्न सक्नेछन् । मुलुकमा पहिलोपटक नीजि क्षेत्रबाट फिल्म इन्सुरेन्स व्यवस्था थालनी भएको हो ।

‘यसले फिल्म छायांकन र निर्माणका क्रममा भैपरि आउने दुर्घटना र भवितव्यबाट फिल्मलाई आर्थिक सुरक्षा प्रदान गर्नेछ’ अधिकारीले भने, ‘म निर्माता साथीहरुलाई ढुक्कले फिल्म बनाउन आग्रह गर्छु ।’ यसअघि छायांकन स्थलमा हुने दुर्घटनामा मात्र बिमा थियो ।

निर्माताले चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दा खुलाएको कूल लगानीको एक प्रतिशत शुल्क बिमाको लागि बुझाउनुपर्नेछ । ‘बिमा बापत हामी निर्माताको भवितव्य आर्थिक सुरक्षा गर्न तयार छौं’ अधिकारीले जनाए । उनले विस्तृत जानकारीको लागि संघमा सम्पर्क गर्न भनेका छन् ।

यसैबीच, संघको शनिबार सम्पन्न साधारण सभामा सल्लाहकार एवं निर्माता रमेश एमके पौडेलले दुई लाख रुपैयाँ अर्थ सहयोग गरेका छन् । अध्यक्ष अधिकारीले उनलाई धन्यवाद दिए ।

Share.

About Author

Leave A Reply