‘लभ स्टेसन’ गीत ‘मेरो आँगनीमा’ लन्च : प्रदीप-जसिता फिचर्ड

0

प्रदीप खड्का र जसिता गुरुङ स्टारर ‘लभ स्टेशन’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मेरो आँगनीमा’ बोलको गीतलाई सोमबार सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । अभिनेता प्रदीप खड्का र जसिता गुरुङलाई फिचर्ड गरिएको छ ।

अभिनेता खड्काले गायकको भूमिका निर्वाह गरेका छन् ।शम्भुजीत बासकोटाको संगीत रहेको गीतमा सुरेश लामाको स्वर छ । गीतलाई निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् ।

गीतमार्फत खड्कालाई गायकको रुपमा स्थापित गराइएको प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । रिलिज मिति नजिकिँदै गर्दा प्रचार-प्रसारमा व्यस्त रहेको प्रस्तुतकर्ता शाहीको भनाई छ । उनका अनुसार ‘लभ स्टेशन’ टिमले मंगलबारदेखि मोफसल यात्रा पोखराबाट सुरु गर्दैछ ।

रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, रश्मी पाण्डे, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय छ । आलोक शुक्लाको छायाँकन रहेको ‘लभ स्टेशन’मा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

Share.

About Author

Leave A Reply