प्रधानमन्त्रीले हेरे ‘क्याप्टेन’

0

प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘क्याप्टेन’ हेरेका छन् । पत्नी र नेकपा नेता विष्णु पौडेलसहित उनी बुधबार बेलुका बिग मूभिज पुगेका थिए जहाँ उनले भुवन र अनमोल केसीसँगै बसेर फिल्म हेरे ।

‘सन्देशमुलक फिल्म बनेको रहेछ, सबैले हेर्नुपर्छ र हामीलाई चाहिएको फिल्म पनि यस्तै हो’ हेरिसकेपछि संवाददाताहरुसँग ओलीले भने, ‘मनोरञ्जनसहितका मौलिक फिल्मले फिल्मको विकास चाँडो हुन्छ भन्ने मेरो विश्वास छ ।’

शिवरात्रीमा रिलिज भएको दिवाकर भट्टराई निर्देशित फिल्म ‘क्याप्टेन’ले बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेको छ । फिल्मले एक फुटबल खेलाडीको जीवन यात्राको कथा पेश गर्छ ।

Share.

About Author

Leave A Reply