बक्सअफिस : ‘द म्यान फ्रम काठमाण्डू’को पाँच दिने कारोबार

0

पेमा धोन्डुप निर्देशित ‘द म्यान फ्रम काठमाण्डू’ले मिश्रित समिक्षा प्राप्त गरेको छ । फिल्मले पाँच दिनमा झन्डै ५० लाख ग्रस अनुमानित व्यापार गरेको जनाइएको छ ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित काठमाडौं र मोफसलमा रिलिज भएको फिल्म शुक्रबार रिलिज भएको थियो । जोस म्यानुअल, आना शर्मा, गुल्सन ग्रोवर, हमिद शेख लगायतको मुख्य अभिनय रहेको फिल्मलाई सिंगलभन्दा मल्टिप्लेक्समा बढी हेरिएको छ ।

फिल्मले नेपालपछि विदेशमा रिलिज हुने तयारीमा छ । निर्माता नकिम उद्दिनका अनुसार विदेश रिलिजका लागि अमेरिकी र अष्ट्रेलियाली वितरक कम्पनीसँग छलफल भैरहेको छ ।

Share.

About Author

Leave A Reply