डिज्नेले ७१.३ बिलियन डलरमा किन्यो फक्स, बन्यो विश्व फिल्मकै शक्तिशाली कम्पनी

0

हलिउड स्टुडियो वाल्ट डिज्ने विश्व फिल्मकै शक्तिशाली कम्पनी बनेको छ । यसवर्षको सुरुआतमा मार्भल इन्टरटेनमेन्ट किनेको कम्पनीले बुधबार मात्रै अर्को प्रतिष्ठित संस्था ट्वेन्टिथ सेन्चुरी फक्सलाई ७१.३ बिलियन अमेरिकी डलरमा खरिद गरेको छ ।

यी दुई कम्पनीको मर्जलाई संसारभर चासोका साथ हेरिएको छ । डिज्नेले फक्स किनेसँगै अवतार, स्टार वार्ससहित हलिउडका ठूला फिल्मको रिलिज डेटमा उथलपुथल आएको छ ।

डिज्नेको महत्वाकाङ्क्षालाई यसवर्षको अन्त्यमा उसले लन्च गर्न लागेको स्ट्रिमिङ सेवाको अर्थमा हेरिएको छ । फक्स र मार्भलको सम्पत्ति किनेपछि डिज्ने ग्लोबल कन्टेन्ट पावर हाउस समेत बनेको छ । जसले अर्को स्ट्रिमिङ जायन्ट नेटफिल्क्सलाई चुनौति दिने ठानिएको छ ।

Share.

About Author

Leave A Reply