बोर्ड अध्यक्षमा केशव भट्टराई

0

अभिनेता तथा निर्माता केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । निकिता पौडेलले राजिनामा दिएपछि बोर्ड अध्यक्षविहीन थियो । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको हो ।

निकिताले राजिनामा दिएपछि सरकारले बोर्ड अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो । भट्टराईसँगै अध्यक्ष पदका लागि सुचित्रा श्रेष्ठ, नरेश कुमार केसी, योगेश घिमिरेलगायतले दर्खास्त दिएका थिए ।

२ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त भएका भट्टराई नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष एवं जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत हुन् । उनी निर्मित नयाँ फिल्म ‘यात्रा’ यही चैत २९ मा रिलिज हुँदैछ ।

उनले ‘आफ्नो मान्छे’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ फिल्म पनि निर्माण गरिसकेका छन् ।

Share.

About Author

Leave A Reply