‘ए मेरो हजुर ३’ गीत ‘पराना’ लन्च : १६ घन्टामा ८ लाख

0

‘ए मेरो हजुर ३’को नयाँ गीत ‘पराना’ भिडियो साझेदारी साइट युट्युवमा रिलिज भए लगत्तै यसलाई हेर्नेको संख्या उचाइमा पुगेको छ । गीतले २४ घन्टामा सर्वाधिक हेरिने रेकर्ड राखेको छ ।

यसअघि ‘शत्रु गतेको’ को गीत ‘रुपै मोहनी’लाई २४ घन्टामा ८ लाख ४७ हजार पटक हेरिएको थियो । ‘ए मेरो हजुर ३’ गीतलाई यति नै समयमा १६ घन्टामा (समाचार लेख्दासम्म) ८ लाख ५४ हजार पटक हेरिएको छ ।

अनमोल केसी र सुहाना थापा फिचर्ड गीतलाई आशिष अविरलले संगीत भरेका हुन् । आनन्द अधिकारीको शब्द एवं आशिष अविरल र अञ्जु पन्तको स्वर समावेश छ यसमा ।

चैत २९ गते रिलिज हुने फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । सार्वजनिक गीतमा सलोन बस्नेत र रियर राई समेत फिचर्ड छन् । गीतमा अनमोल दौरासुरुवाल र ढाका टोपीमा सजिएका छन् । हेर्नूस गीत :

Share.

About Author

Leave A Reply