हेमराजको ‘घामड शेरे’मा निश्चल-स्वस्तिमा लिड

0

हेमराज विसी ‘ब्याक–टु–ब्याक’ फिल्म निर्देशन मुडमा छन् । उनी निर्देशित ‘द व्रेकअप’ बक्सअफिसमा असफल रह्यो । उनले साम्राज्ञी र प्रदीपलाई लिएर फिल्म गर्ने चर्चा पनि थियो । यतिबेला भने उनी अर्को प्रोजेक्ट ‘घामड शेरे’ तयारीमा छन् ।

निकट स्रोतले मूभिमान्डुलाई यो रोमान्टिक–कमेडी फिल्मबारे जानकारी दिएको छ । रियल कपल फिल्मभित्र रिल–कपल हुँदैछन् । दर्शकले निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई अनस्क्रिन जोडीको रुपमा देख्न पाउनेछन् ।

स्रोतका अनुसार बस्नेतले पारिश्रमिक मात्रै २५ लाख लिएको चर्चा छ । उनले २० लाख एड्भान्स बुझेका छन् । यो अंकगणितलाई पत्याउने हो भने, विसी–बस्नेतको जुगलबन्दी कसरी अघि बढ्नेछ र बक्सअफिस पर्फमेन्स कस्तो हुनेछ जान्नु रोचक हुनेछ ।

Share.

About Author

Leave A Reply