एप्पलको हलिउड प्रवेश : अब हलिउड एप्पल स्ट्रिमिङ सेवामा

0

एप्पलको हलिउड प्रवेशलाई स्वागत छ । आइफोन, आइप्याड र म्याकबुक निर्माता कम्पनीले अब एप्पल टिभी नामक स्ट्रिमिङ सेवा सुरु गर्ने घोषणा मंगलबार गरेको छ ।

‘हामी सिर्जनशिलताको शक्तिलाई गहिराइमा विश्वास गर्छौं’ क्यालिफोर्निया हेर्डक्वार्टरमा आयोजित समारोहमा सीइओ टिम कुकले भने, ‘महान कथाहरुले विश्व बदल्न सक्छन् । अघि बढ्नूस र हामीलाई विश्वास गर्नूस । हामीलाई छक्क पार्नूस र हाम्रा सोचलाई चुनौति दिनूस ।’

एप्पल टिभी आगामी वर्षात याममा सयभन्दा बढी मुलुकमा उपलब्ध हुने जनाइएको छ । उत्पादनको वर्णन गर्दागर्दा पर्दामा हलिउडका ठूला नामहरु स्टिभन स्पिलवर्ग र जेनिफर एनिस्टनलाई फिचर्ड गरिएको थियो ।

ओफ्रा विन्फ्रेले आफ्ना दुई डकुमेन्ट्री एप्पल टिभीका लागि उत्पादन गर्ने घोषणा गरिन् । गतसाता फक्ससँग मर्जर गर्दै डिज्नेले डिज्ने प्लस नामक स्ट्रिमिङ साइट लन्च गर्ने घोषणा गरेको थियो ।

Share.

About Author

Leave A Reply