‘अवतार २’ २०१८ मा पनि नआउने

0

‘अवतार’का फ्यानका लागि दुःखद खबर ! सन् २०१८ मा समेत दोस्रो भाग रिलिज नहुने भएको छ । निर्देशक जेम्स क्यामरुनले आगामी क्रिसमसमा फिल्म रिलिज नहुने बताएका हुन् ।

‘२०१८ मा फिल्म लाग्नेछैन’ टोरन्टो स्टार्ससँग क्यामरुनले भने, ‘हामीले नयाँ रिलिज मिति घोषणा गरिसकेका छैनौं ।’

आफूलाई हतार नभएको भन्दै उनले थप चार सिक्वेल निर्माणमा आफू जुटेको बताए । ‘दर्शकले बुझ्नु जरुरी छ कि, हामीले अवतार २ होइन, अवतार २, ३, ४ र ५ समेत बनाउँदैछौं ।’

सन् २००९ मा रिलिज भएको क्यामरुन निर्देशित र निर्मित सिनेमा अवतारले विश्वव्यापी २.९ बिलियन डलर कमाई गरेको थियो । क्यामरुनका अनुसार २०२०, २२ र २३ मा थप सिक्वेल रिलिज हुनेछन् । ‘टाइटानिक’ निर्देशक यतिबेला पूर्णरुपमा अवतार सिरिज निर्माणमा जुटेका छन् ।

Share.

About Author

Leave A Reply