फिल्म–मेकर्जलाई प्रकाश सायमीका चार प्रश्न : कला र पैसामा डबल स्ट्यान्डर्ड नबनौं

0

केही बौद्धिकजनलाई मेरो मूर्खतापूर्ण प्रश्न :
१. नेपाली सिनेमा चल्यो भने ‘फर्मूला’ भयो भन्छन्, हाम्रा बौद्धिकजगत । तर, हिन्दी सिनेमा जस्तै फर्मूलावाला पनि हेर्छन् र त्यसका गीतमा आफ्ना छोराछोरी नचाउन मनपराउँछन् । कतिले त गोविन्दा , अक्षयकुमार , शाहरुख खानका गीतमा कृति नै लेखेका छन् ।

२ सिनेमा एउटा उद्योग हो, उद्योगमा गीत, संगीत, क्यासेट, पोस्टर , भेषभूषा सबै विक्नुपर्छ । ओस्कारमा जाने फिल्म भन्दै घरम रिल थन्काएर राख्ने फिल्म बनाउन थालियो भने हल बन्द गरेर जुत्ताको शो रुम खोले भो ।

३ एउटा महत्वपूर्ण सवाल , सिनेमा नाटक जस्तो भयो भने यथार्थवादी हुने हो कि सिनेम्याटिक भयो भने फिल्म जस्तो फिल हुने हो ।

४ राजेश हमाल कमर्शियल नभएको भए आज करोडपति खेलाउन वा उपन्यास विमोचन गराउन उनलाई साहित्यकार वा सञ्चारकर्मी बोलाउँदैन थिए । तर हाम्रा बौद्धिकजमात राजेश हमाललाई फर्मूला फिल्म खेल्यो भनेर गाली गरेर थाक्दैनन् तर भेटेको बेला सेल्फी खिँच्न पनि मरिमहत्ते गर्छन् ।

हाम्रो समाज डबल स्ट्यान्डर्ड छ ।

नेपाली सिने उद्योग टिक्नु छ भने व्यावसायिक धार बलियो हुनु पर्यो जस्तो पहिले थियो । तर, शर्त के हो भने व्यावसायिकतामा पनि स्ट्यान्डर्ड हुनु पर्यो , क्वालिटी हुनु पर्यो ।

Share.

About Author

Leave A Reply