‘सिस्टर्स फर सेल’ सर्वोत्कृष्ट : मानवअधिकार फिल्म फेस्टिभल

0

अष्ट्रेलियाली फिल्म ‘सिस्टर्स फर सेल’ले काठमाडौं मानवअधिकार अन्तराष्ट्रिय फेस्टिभलमा उत्कृष्ट गैर–आख्यान अवार्ड जितेको छ । यो जितसँगै चारदिने फेस्टिभल सकिएको छ ।

वेन रान्डाल निर्देशित उक्त फिल्मले मानव वेचविखनको कथा पेश गर्छ । फ्रान्सका करिब रहबानी निर्देशित ‘कार्गो’ले अन्तराष्ट्रिय फिक्सन अवार्ड जित्यो । राष्ट्रिय फिक्सन फिल्म अवार्ड अविनाशविक्रम शाह निर्देशित ‘तटिनी’लाई दिइयो ।

राष्ट्रिय डकुमेन्ट्री विधामा दीपक तोलांगे निर्देशित टहराले जित्यो । नेपाली महिला निर्देशकतर्फ प्रसूना डंगोलको ‘डोल्पा डायरी’ले ट्रफी उचाल्यो । जुरी स्पेसल मेन्सन अवार्ड मार्क मिगेलको ‘सेन्ड गर्ल’ले पायो ।

पुरस्कृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिक्सन र ननफिक्सन सिर्जनालाई अवार्डसँगै ५०/५० हजार रुपैयाँ पनि प्रदान गरियो । महोत्सवमा कोरियाली फिल्म समीक्षक चाङ सेवक योङ, मलेसियाका महोत्सव निर्देशक आना हर मेइ योके, रुसका फिल्म मेकर लिया गिल्मुटिड्नोभा र नेपालबाट फिल्म समीक्षक अनुप सुवेदी निर्णायक मण्डलमा थिए ।

मानवअधिकार फिल्म सेन्टरले गर्दै आएको महोत्सवको यो सातौं संस्करण हो । महोत्सवमा मानवअधिकारका विषयमाथि बनेका ३३ देशका ८२ वटा लघु फिल्म, डकुमेन्ट्री, फिचर, एनिमेसन लगायतका विधामा फिल्म प्रदर्शन गरिएका थिए ।

Share.

About Author

Leave A Reply