एन्जेलिना जोली मार्भल फिल्ममा, यसरी हुँदैछ विश्व हिरोइनको कमब्याक

0

मार्भल युनिभर्स यतिबेला स्टारको खोजीमा छ । ‘क्याप्टेन मार्भल’ १ बिलियन डलर क्लबमा पसेपछि उसलाई यतिबेला सफलताको भोक लागेको छ । जसको कारण हुनुपर्छ, मार्भल आफ्नो नयाँ फिल्म ‘द इटर्नल्स’मा एन्जेलिना जोलीलाई लिन चाहन्छ ।

इन्डी जनरमा प्रख्यात चोले झाओले निर्देशन गर्ने बताइएको फिल्ममा जोलीलाई लिड कास्ट गर्न लागिएको हो । हलिउड रिपोर्टरका अनुसार जोलीले गर्ने पात्रबारे भने यकिन छैन ।

ज्याक किब्रीले सन् १९७६ मा लेखेको कमिक पुस्तकमा फिल्म आधारित हुने जनाइएको छ जसले मानवतका लागि हुने दौडको कथा भन्छ । जोस ब्रलिनले थानोस र कर्ट रसेलले स्टार लर्डको भूमिका गर्नेछन् ।

मलफिसिएन्टपछि जोलीको कमब्याक हुन लागेको हो । ब्राड पिटसँगको डिभोर्सको कारण केही वर्ष तनावमा रहिन् । जोलीले निर्देशन गरेका अनब्रोकन र फस्ट दे किल्ड माइ फादर चर्चित रहे ।

नेपालमा आठ वर्ष भयो ‘साल्ट’पछि एन्जेलिनाका कुनै फिल्म रिलिज भएनन् । अब भने एभेन्जर्ससँग उनको टीमअपलाई नेपाली फ्यानले हेर्न पाउनेछन् ।

Share.

About Author

Leave A Reply