बक्सअफिस : ‘साइँली’ १.३० करोड, ‘लभस्टेसन’ ८० लाख !

0

वर्ष २०७५ को आखिरी बक्सअफिस अपेक्षा गरेअनुसार भएन । यहाँ गत साता लागेको लभस्टेसन र दुई साताअघिको ‘साइँली’ बक्सअफिस डाटा ग्रसमा प्रस्तुत गरिनेछ ।

शुक्रबारदेखि पाँच नयाँ फिल्म रिलिज हुने भएकाले यी दुई फिल्मको थिएटरिकल रिभेन्यु लगभग यही सेरोफेरोमा रोकिने अनुमान गर्न सकिन्छ । हलिउड प्रभुत्वले यी दुई फिल्मको गतिलाई रोकिदिएको छ ।

‘साइँली’ले दुई साता समाप्तीमा झन्डै १ करोड ३० लाख ग्रस कमाएको छ । देशव्यापी आँकडा हो यो । गौरव पहारी, दयाहाङ राई र मेनुका प्रधान अभिनित फिल्मले पहिलो साताभन्दा दोस्रो सातामा राम्रो गति लिएको हो ।

प्रदीप खड्का अभिनित ‘लभस्टेसन’ बक्सअफिसमा निरिह देखिएको छ । ट्रेन्डअनुसार फिल्म पहिलो हप्ता झन्डै ८० लाख ग्रसमा समेटिनेछ । अहिले फिल्मलाई दोस्रो सातामा करोड छुन पनि मुस्किल किन हुनेछ भने नयाँ पाँच रिलिज शुक्रबार लाग्दैछन् ।

Share.

About Author

Leave A Reply