‘ए मेरो हजुर ३’ बक्सअफिस : कमाइमा उछाल

0

सुख्खा देखिएको नेपाली बक्सअफिसमा शुक्रबारदेखि चहलचहल सुरु भएको छ । धन्यवाद : ए मेरो हजुर ३ लाई । कुनैबेलाको सुपरहिट फिल्मको तेस्रो श्रृंखला हलमा रिलिज भएको छ र दर्शक अनमोल केसी–सुहाना थापा स्टारर ड्रामा हेर्न धुइरिएका छन् ।

पहिलो दिन ७० देखि एक करोड ग्रस व्यापार गरेको अनुमान गरिएपनि फाइनल नम्बर भने आइतबार मात्र आउनेछ । वितरक मनोज राठी फिल्मलाई ‘छक्का पञ्जा ३’ पछिको ‘ब्लकबस्टर’ ओपनिङको रुपमा व्याख्या गर्छन् ।

मल्टिप्लेक्स र एकल पर्दामा फिल्मको कमाइमा उछाल छ । देशभरको अकुपेन्सी पहिलो दिन ८० प्रतिशत रहेको अनुमान छ । क्यूएफएक्सले आफ्ना चेनमा पहिलो सप्ताहन्त ८८ प्रतिशत अकुपेन्सी कायमै रहने उल्लेख गरेको छ ।

शनिबारको दिनमा पनि ८० प्रतिशतको उक्त अकुपेन्सी कायमै रहने आंकलन गरिएको छ । हाइप र पुरानो फिल्मको ब्रान्डेड फ्रेन्चाइज भएको कारण फिल्मको ओपनिङ राम्रो भएको हो । ‘ए मेरो हजुर ३’ चलेपछि व्यक्तिगतरुपमा अनमोल केसी र समग्रमा फिल्म उद्योगलाई राहत मिलेको छ ।

सुहाना थापालाई यसले मुलधार अभिनेत्रीको रुपमा स्थापित गरिएको भन्न मिल्ला । निर्देशकको रुपमा अभिनेत्री झरना थापाको कमब्याक अर्को पक्ष हो । आइतबार नयाँ वर्षको बिदाको कारण कमाइमा बढोत्तरी हुने अनुमान छ ।

Share.

About Author

Leave A Reply