बक्सअफिस : लभ-स्टेसन १.३०, साइँली १.३८ करोड ग्रस

0

लगानीलाई आधार मान्ने हो भने ‘लभ स्टेसन’ र ‘साइँली’ बक्सअफिसमा ‘फ्लप’ फिल्म हुन् । दुबैको लाइफ–टाइम कलेक्सन डेढकरोड नेरु ग्रस पनि पुग्ने संकेत अहिलेसम्म छैन ।

दोस्रो सप्ताहन्तसम्म ‘लभस्टेसन’ले नेरु १ करोड ३० लाख ग्रस र साइँलीले अहिलेसम्म झन्डै १ करोड ३८ लाख नेरु ग्रस कमाएका छन् । अंकगणित, ट्रेन्ड र नयाँ रिलिजको घर्षणमा विश्वास गर्ने हो भने यी दुबै फिल्म १ करोड ४० ग्रसभित्र खुम्चन सक्छन् ।

प्रदीप खड्का स्टारर ‘लभ स्टेसन’ केही मल्टिप्लेक्समा चलिरहेपनि त्यसको कमाइ केही लाखमा सीमित हुनसक्छ । नयाँ रिलिज भएका पाँच र बुधबार रिलिज हुने बलिउडको कलंक चुनौति अवश्य हुन् ।

Share.

About Author

Leave A Reply