अर्जुन कपुरको ‘इन्डियाज मस्ट वान्टेड’मा सुवर्ण थापा

0

अर्जुन कपुर स्टारर ‘इन्डियाज् मस्ट वान्टेड’को आधाजसो छायांकन नेपालका पर्यटकीय सहर पोखरामा भयो । वास्तविक घटनामा आधारित फिल्ममा नेपाली कलाकारले समेत अभिनय गरेका छन् ।

नेपाली अभिनेता एवं निर्देशक सुवर्ण थापालाई फिल्ममा नेपाली प्रहरी अधिकारीको भूमिकामा देख्न सकिन्छ । कथानुसार भारतबाट नेपाल आइपुगेको पाँच सदस्यीय प्रहरी टोलीलाई नेपालको प्रहरीले छानविनमा सहयोग गर्छ ।

उक्त छानविनको नेपाली प्रमुखको रुपमा थापाले अभिनय गरेका हुन् । उनले कपुरसँगै स्क्रिन सेयर गरेका छन् । पाँच दिन लगाएर पोखराको लेकसाइड क्षेत्रमा फिल्मांकन गरिएको थियो । जारी टिजर पोस्टरमा समेत अन्नपूर्ण हिमाल र नेपाली सम्पदा चित्रण गरिएको छ ।

फक्स स्टार स्टुडियोले निर्माण गरेको फिल्म जेठ १० गते रिलिज हुँदैछ । राजकुमार गुप्ता निर्देशित फिल्मको नेपाली सुटिङ व्यवस्थापन आइसफल फिल्म प्रमुख रामकृष्ण पोखरेलले गरेका हुन् ।

Share.

About Author

Leave A Reply