‘वीर विक्रम २’ गीत ‘वाचा’ लन्च : पल–वर्षा फिचर्ड

0

‘वीर विक्रम २’ ले पहिलो गीत ‘वाचा’ इन्टरनेट रिलिज गरेको छ । गीतमा पल शाह र वर्षा शिवाकोटी फिचर्ड छन् । जेठ ३ गते रिलिज हुने फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

रोमान्टिक गीतमा पल र वर्षाको रसायन मिलेको छ । निर्देशक चाम्स दुई पात्रबीच केमेस्ट्री निर्माणमा चर्चित मानिन्छन् । ताराप्रकाश लिम्बुद्धारा संगीतबद्ध गीतमा उनले दीपा लामासँग मिलेर स्वर दिएका छन् । नरेश भट्टराईले गीत लेखेका हुन् ।

प्रदीप भारद्धाज लिखित फिल्मले दाजुभाइ सम्बन्धको कथा भन्छ । यसपटक हिमालपारिको जिल्ला मुस्ताङमा फिल्मांकन गरिएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गीत लन्च गरियो । निर्देशक चाम्सले फिल्म बलियो बनाएको भन्दै दर्शकले रुचाउने विश्वास लिए ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply