ए मेरो हजुर ३ : चार दिनमा ४ करोड मार्क

0

‘ए मेरो हजुर ३’ अहिले बक्सअफिसमा सफलताको घोडामा बुर्कुसी मारिरहेको छ । झरना थापा निर्देशित फिल्मले चार दिनमा ४ करोड १ लाख ग्रस नेरु कमाएको विवरण निर्माताले दिएका छन् ।

शुक्रबार ७५ लाख, शनिबार १ करोड १४ लाख, आइतबार १ करोड ५० लाख र मंगलबार ६२ लाखको कारोबार फिल्मले गरेको छ । फिल्मको कूल ग्रस कमाइ ४ करोड १ लाख नेरु हुन आउँछ ।

फिल्मले विकडेज र दोस्रो सातामा पनि सन्तोषजनक व्यापार गर्ने ट्रेन्डले देखाएको छ । मल्टिप्लेक्स र एकल पर्दामा पनि फिल्मको दोस्रो हप्ते होल्डओभर गिर्ने देखिँदैन ।

अनमोल केसी र सुहाना अभिनित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । स्टारडम, हाइप र चलेको फिल्मको सिक्वेलको प्रभाव बक्सअफिसमा देखियो ।

Share.

About Author

Leave A Reply