सेन्सर क्लियरपछि शुक्रबारदेखि नेपालमा रिलिज हुने भयो रोकिएको भारतीय फिल्म ‘कलंक’

0

नेपालले भारतीय फिल्म ‘कलंक’ प्रदर्शनमाथि रोक लगाएको छ । चलचित्र विकास बोर्डले सेन्सर पासका लागि अनुमति नदिएपछि बुधबार रिलिज मिति तोकिएको प्रतीक्षित फिल्म स्थगन भएको हो ।

सेन्सर पासका लागि निवेदन माग्दै वितरक कम्पनी गोपिकृष्ण र वैंकटेश फिल्मस बोर्डमा पुगेपछि कर्मचारीले अध्यक्ष केशव भट्टराईको आदेश भन्दै फिर्ता पठाइदिए । सेन्सर शाखा अधिकृत गिरिश शर्माले अध्यक्ष भट्टराईको निर्णयमा ब्यान्ड गरिएको बताए ।

सपथग्रहण समारोहमै विदेशी फिल्ममाथि कोटा प्रणाली लागु गरिने अभिव्यक्ति दिएका अध्यक्ष भट्टराईको ‘कलंक रिलिज’लाई विदेशी फिल्ममा लगाम कस्ने अर्को एउटा पाटोको रुपमा हेरिएको छ ।

‘कलंक’ रिलिज नहुने भएपछि क्यूएफएक्ससहितका मल्टिप्लेक्सले सोज प्रकशित गरेका छन् । रोचक त के छ भने, अध्यक्ष भट्टराईले नै निर्माण गरेको फिल्म ‘यात्रा’ अहिले हलमा चलिरहेको छ । ‘कलंक’ ब्यान्ड गर्ने भट्टराई कदमको विरोधमा मुख्य मल्टिप्लेक्स क्यूएफएक्स उत्रिएको छ ।

क्यूएफएक्स संचालक भाष्कर ढुंगानाले यस कदमलाई ‘स्वार्थहरुको द्धन्द्ध’ र ‘अख्तियारको दुरुपयोग’ भनेका छन् । फेसबुक पृष्ठमा स्टाटस पोस्ट गर्दै ढुंगानाले रिलिज डेट तोक्ने काम चलचित्र विकास बोर्डको नहुने भन्दै प्रदर्शक, वितरक र निर्माताको समन्वयमा हुनुपर्ने बताए ।

स्रोतका अनुसार ‘कलंक’लाई बुधबार रिलिज गराउन गोपिकृष्ण, गंगा र गुण हलले अध्यक्षले निर्माण गरेको फिल्म ‘यात्रा’लाई ठूलो अकुपेन्सीसहितको अडिटोरियम उपलब्ध गराएका थिए । मंगलबार अध्यक्षसहित चलचित्र विकास बोर्डमा बसेको बैठकमा भट्टराईले बुधबार कुनै हालतमा फिल्म रिलिज नगर्ने तर, शुक्रबार हुनसक्ने भन्दै सफ्ट जवाफ दिएका थिए ।

शुक्रबार रिलिज हुने कुरामा अन्यौलता छ ।

Share.

About Author

Leave A Reply