गौरव–अनु स्टारर ‘पसिना’ ट्रेलर आउट

0

बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सार्वजनिक गरिएको ट्रेलरमा मजदुरहरुले भोग्नु परेको समस्यालाई देखाउन खोजिरहेको छ । आरबि खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् ।

ट्रेलरमा अभिनेता गौरव पहारी शिक्षक र अभिनेत्री अनु शाह पत्रकारको भूमिकामा देखिएका छन् । दुईले एकसाथ स्क्रिन साझेदारी गरेको यो पहिलो फिल्म हो । फिल्ममा अभिनेता सरोज खनाल पुलिस अफिसरको भूमिकामा छन् । रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि फिल्ममा अभिनय छ ।

‘पसिना’ मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द छ । निर्देशक खत्रीको कथा रहेको फिल्मको निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् ।  तस्विर  :फिल्मीखबर डटकम

ट्रेलर हेर्नुहोस् :-

Share.

About Author

Leave A Reply