‘हजार जुनीसम्म’ गीत ‘एमजी रोडैमा’ लन्च : भिडियो

0

‘नाइँ नभन्नू ल’ फेम्ड निर्देशक विकासराज आचार्य नयाँ फिल्म ‘हजार जुनीसम्म’ लिएर फर्किएका छन् । उनी निर्देशित यो रोमान्टिक जनरको फिल्मले पहिलो गीत लन्च गरेको छ ।

सोमबार राजधानीमा आयोजित प्रेसमिटमा गीत सार्वजनिक गरियो । ‘एमजी रोडैमा’ बोल गीतमा मेलिना राई र राजनराज शिवाकोटीले स्वर भरेक छन् ।

स्वस्तिमा खड्का, सलोन बस्नेत र अखिलेश प्रधान गीतमा चित्रित छन् । फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइँटेल, शिवहरि पौडेल लगायतको समेत अभिनय छ । सामिप्यराज तिमल्सिनाको पटकथा रहेको फिल्म साउन ३० गते देशव्यापी रिलिज तयारीमा छ । हेर्नूस गीत :

Share.

About Author

Leave A Reply