‘लप्पन छप्पन’ लुट २ होइन : सौगात मल्ल (भिडियोसहित)

0

‘लप्पन छप्पन’ रिलिजको अन्तिम तयारीमा छ । ट्रेलर र लिड कलाकारकै कारण यसले दर्शकबाट लुटको आरोप खेपिरहेको छ । तर, के लप्पन छप्पन लुट सिरिजकै नयाँ संस्करण हो त ?

मुख्य अभिनेता सौगात मल्ल आरोप स्वीकार्न तयार छैनन् । लुटका समेत लिड हिरो रहेका मल्ल नै लप्पन छप्पनमा पनि लिडमै छन् । ‘मलाई यस्तो लाग्दैन, प्रत्येकको आफ्नो दृष्टिकोण हुन्छ’ उनले भने ।

तर, उनले पैसाकै पछाडि भागदौड गर्ने कथावस्तुमा भने समानता भएको खुलाए । चैत ११ गते रिलिज हुने सिनेमामा दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी लगायत छन् । डम्बर चन्दको निर्माण र मुकुन्द भट्टको निर्देशन रहेको छ ।

हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply