कुटपिट प्रकरणमा विराज भट्टले मागे माफी

0

प्राविधिक कुटपिट प्रकरणमा अभिनेता विराज भट्टले माफी मागेका छन् । समस्या सुल्झाउन चलचित्र प्राविधिक संघले बोलाएको छलफलमा भट्टले निर्माण नियन्त्रक शंकर पाण्डेसँग माफी मागे ।

हात हाल्नु गल्ती भएको भन्दै विराजले पाण्डेसँग प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको रोहवरमा माफी मागेका थिए । भट्टले निर्माण गर्न लागेको फिल्म ‘साङ्लो’लाई लिएर विवाद भएपछि विराजले पाण्डेमाथि हात हालेका थिए ।

विराज भटट्द्धारा प्राविधिक शंकर पाण्डेमाथि कुटपिट, सुटिङ तयारी रोकियो

अध्यक्ष लामाका अनुसार पाण्डे र भट्टबीच लेनदेनको विवाद पनि सुल्झिएको छ । दुबैले लेनदेन नगर्ने सहमति गरेका छन् । ‘दिन बाँकी पैसा पनि लेनदेन नगर्ने कुरा भएको छ’ लामाले भने ।

विराजले पूर्वमिस नेपाल निकिता चाण्डकलाई हिरोइन लिएर फिल्म ‘साङ्लो’ निर्माण गर्दैछन् । जसका लागि पाण्डेलाई निर्माण नियन्त्रकको रुपमा लिएका थिए । पाण्डेले अब उक्त फिल्म नगर्ने छलफलमा सबैलाई जानकारी समेत गराए ।

Share.

About Author

Leave A Reply