‘एभेन्जर्स : इन्ड गेम’ समिक्षा लेख्न विहिबारसम्म रोक

0

कथावस्तु बाहिरिने डर भएपछि मार्भल इन्टरटेनमेन्टले ‘एभेन्जर्स : इन्ड गेम’को समिक्षा लेखनमा विहिबारसम्म रोक लगाएको छ  । चुनिएका केही समिक्षकलाई मात्र प्रवेश दिइएको विश्व प्रिमियर अघि मार्भलले ‘रिभ्यू इम्बार्गो’ पत्रमा हस्ताक्षर समेत गराएको इन्डिवायरले जनाएको छ ।

शुक्रबार रिलिज हुने फिल्मको कथावस्तु बाहिरिने डर (स्पोइलर)ले गर्दा मार्भलले साताअघि देखि नै त्यस्तो नगर्न फ्यानहरुलाई आग्रह गरेको थियो । उसका सुपरहिरोले सामाजिक संजालमा अभियान नै चलाएका थिए ।

विश्व दर्शकले ‘एभेन्जर्स इन्ड गेम’ रिभ्यू चाहिँ बुधबार बेलुका वा विहिबार विहानसम्म पढ्न पाउने भएका छन् । यसरी रिभ्यू लेखनमा रोक लगाइएको (इम्बार्गो) हलिउडमा पहिलोपटक हो ।

फिल्म हेरेका केही क्रिटिक्सलाई उध्दृत गर्दै इन्डिवायरले फिल्मले रुवाएको र मन जितेको जनाएको छ । प्रिमियरमै पत्रकार र लेखकको आँखा रसाएको समेत उल्लेख छ । नेपालमा फिल्म शुक्रबार लाग्दैछ ।

Share.

About Author

Leave A Reply