‘छक्का पञ्जा’ मल्टिप्लेक्सले मोफसल छाड्यो, काठमाडौंमै संयुक्त लगानीका लागि आह्वान

0

मोफसलमा निर्माणको तयारी थालिएको ‘छक्का पञ्जा’ मल्टिप्लेक्स प्रक्रिया स्थगन भएको छ । दीपकराज गिरीसहितको समूहले अब काठमाडौंमै मल्टिप्लेक्स निर्माणको योजनासहित प्रक्रिया अघि बढाएको छ ।

‘मोफसलमा तत्काल लगानी गर्दा जोखिम हुने सुझाव जतासुकैबाट आयो’ मूभिमान्डुसँग उनले भने, ‘कागजी प्रक्रिया समेत निकै अगाडि बढेको थियो तर, हामी पछि हट्यौं ।’

बजारको आयतन हेरेर अब काठमाडौंको कुनै एक मलमा निर्माण हुने मल्टिप्लेक्समा संयुक्त लगानी गरिने र नामाकरण छक्का पञ्जा राखिने जानकारी उनले दिए । ‘यसलाई ज्वाइन्ट भेन्चरकै रुपमा बुझ्नूस’ उनले मूभिमान्डुसँग भने ।

छक्का पञ्जाको तेस्रो श्रृंखला हलमा चलिरहँदा दीपकले मल्टिप्लेक्स निर्माणको प्रक्रिया अघि बढाएका थिए । ज्वाइन्ट भेन्चरका लागि इच्छुकसँग सहकार्य गर्न सकिने जनाउँदै उनले यसका लागि तयारी सुरु भएको बताए । छक्का पञ्जाको दोस्रो श्रृंखला शुक्रबार पुनः रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply