बुकिङ खुलेको मिनटेमै तीन ठूला मल्टिप्लेक्सको वेबसाइट क्र्यास

0

एभेन्जर्स : इन्ड गेम’ले नेपालस्थित मल्टिप्लेक्समा एड्भान्स बुकिङ खुला गरेको केही मिनेटमै ओभर ट्राफिकले तीन हलको वेवसाइट डाउन भएका छन् । क्यूएफएक्स, बिग मूभिज र बीएसआरको अफिसियल वेबसाइट एभेन्जर्स ट्राफिक ओभरलोड हुँदा डाउन भए ।

क्षमताभन्दा बढी ट्राफिक सर्भरमा भित्रिएपछि साइट क्र्यास भएको सम्बन्धित हलले जनाएका छन् । पुरानै क्षमता र सर्भरमा पहिले वेबसाइट चलिरहेका थिए ।

क्यूएफएक्सले केही घन्टामा सर्भर र साइट व्रोन्डब्यान्ड क्षमतामा वृद्धि गर्दै पुनः संचालनमा ल्याउन लागेको छ । ‘पुरानो सर्भरले एभेन्जर्सको ट्राफिकलाई थेग्न नसक्ने भएकाले क्षमता वृद्धि गरेर चलाउन लागेका हौं’ स्रोतले मूभिमान्डुलाई भन्यो ।

क्यूएफएक्सले एभेन्जर्स र शुक्रबारै लाग्ने छक्का पञ्जा २ को सोज संख्या भने तयार पारेको छ । सम्भवतः बुधबार बेलुकादेखि क्यूएफएक्समा एभेन्जर्सको एड्भान्स बुकिङ खुल्ने तयारीमा छ ।

Share.

About Author

Leave A Reply