‘दासढुंगा’ भदौमा पुनः रिलिज हुने, क्लाइमेक्स रिसुटको तयारी

0

दासढुंगा हत्याकाण्डमाथि बनेको फिल्म ‘दासढुंगा’ आगामी भदौमा पुनः रिलिज हुने भएको छ । निर्माता अपिल विष्टले दस मिनेट पुनः छायांकनसहित प्रदर्शन गर्न लागिएको बताए ।

‘व्यापक माग भएपछि रि–रिलिज तयारी थालेका हौं र कतिपय थलोमा हामीलाई पनि चित्त बुझेको थिएन जसले गर्दा रि–सुट गर्नुपर्ने हुन्छ’ विष्टले मूभिमान्डुसँग भने, ‘अनुप बरालको भूमिका पुनः छायांकन हुन्छ ।’

तत्कालिन नेकपा एमाले संस्थापक मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवन दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो । यसमाथि फिल्म आधारित छ ।

मनोज पण्डित निर्देशित फिल्ममा अनुप बराल, दयाहाङ राई लगायतको महत्वपूर्ण भूमिका छ । दयाहाङले यसमा अमर लामा पात्रको चरित्र निर्वाह गरेका छन् । घटनाका एकमात्र साक्षी जिप चालक लामालाई तत्कालिन माओवादीले कीर्तिपुरमा हत्या गरेपछि घटना सेलाएको थियो ।

‘नयाँ पब्लिसिटी र योजनासहित अघि बढ्ने तयारीमा छौं’ विष्टले मूभिमान्डुसँग भने, ‘यसले घटनामाथि बहस सिर्जना गर्छ ।’ दिवंगत भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छिन् ।

Share.

About Author

Leave A Reply