धीरज मगर ‘प्रेमगीत ३’ सिरिजमा हिरो ?

0

‘प्रेमगीत’ सिरिजको विशेषता भनेकै यससँग गाँसिएका चीज चर्चामा आउनु हो । तेस्रो श्रृंखला निर्माण घोषणाकै विन्दुदेखि प्रोजेक्ट पुनः चर्चामा छ । चर्चा सम्भावित कास्टिङलाई लिएर हो ।

अघिल्ला दुबै सिरिजका अभिनेता प्रदीप खड्का फाइनल छैनन् । तर, तेस्रो सिरिजका हिरोलाई लिएर कैंयन थ्योरिज सतहमा छन् । निर्माता आशुसेन प्रोडक्सन ‘इन्टु मिन्टु लन्डनमा’ फेम्ड धीरज मगरसँग सम्पर्कमा छ ।

स्रोतका अनुसार मगरलाई सम्भावित प्रोटागोनिस्टको रुपमा लिन निर्माता जुटेका छन् । लन्डनमा रहेका धीरजसँग यसबारे सम्पर्क भैरहेको बुझिएको छ । ‘आइएम ट्वान्टी वान’मा तय भैसकेका मगर ‘प्रेमगीत’को नयाँ सिरिजमा आबद्ध हुन्छन् वा हुँदैनन्, भविष्यले बताउनेछ ।

प्रदीप खड्का सिरिजलाई पहिलो प्राथमिकता भएपनि निर्माता कम्पनी विकल्पको गृहकार्यमा छ । बुधबार फिल्म घोषणा विज्ञप्तीमा पनि मुख्य कलाकारको मुखौटा बिनै टिजर पोस्टर लन्च गरियो ।

मुक्तिनाथ पूजा गर्न विहिबार मुस्ताङ जाँदै गरेका निर्माता सन्तोष सेन फर्किएपछि धीरजको सम्भावित कास्टिङलाई लिएर निक्र्यौल हुने बताउँछन् । प्रेमगीत ३ सिरिजका लागि प्रदीप खड्का वा धीरज मगर ? तपाईंको राय के छ यसबारे ?

Share.

About Author

Leave A Reply