निश्चल–स्वस्तिमा स्टारर ‘घामड शेरे’ सुटिङ सुरु

0

निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म ‘घामड शेरे’ छायांकन सुर्खेतमा सुरु भएको छ । सोसल ड्रामा फिल्मलाई हेमराज विसीले निर्देशन गरिरहेका छन् ।

सुष्मा निरौला र लोकेन्द्र लेखक समेत अभिनेता छन् । ३५ दिनमा छायांकन सुर्खेतकै वरपर सकिनेछ । मध्यपश्चिमको कथावस्तुमा समेटिने फिल्ममा यसपटक निश्चल–स्वस्तिमाको रियल जोडी अनस्क्रिन कपल बन्दैछ ।

प्रेमकथा भन्न रुचाउने हेमराज यसपटक सोसल ड्रामा जनरमा प्रस्तुत हुन चाहेका छन् । सुटिङमा रमाइलो भैरहेको र टिमसँग काम गर्न मजा आइरहेको विसीले बताए ।

Share.

About Author

Leave A Reply