भन्सालीको फिल्म ‘पद्मावती’ सेटमा आगजानी

0

अज्ञात समूहले संजयलीला भन्सालीले निर्देशन गरिरहेको सिनेमा ‘पद्मावती’को सुटिङ सेट तोडफोड र आगजनी गरेको छ । कोहलपुरबाट १५ किमी टाढाको मासाइपाथार क्षेत्रमा घटना भएको हो ।

Photos : Koimoi

‘फिल्म सेट ५० हजार स्क्वायर फिटमा फैलिएको थियो र अज्ञात समूहले बिहान १ बजे आगजानी गरे’ छानविनमा संलग्न प्रहरी अधिकारीले भारतीय मिडियासँग भने ।

निकट थलो पानालाबाट घटनापछि प्रहरीको टीम सुटिङ सेट पुगेको छ । प्रहरीले कसैलाई पक्राउ गरेको छैन । कस्ट्युम र एस्सेसरिज जलेर ध्वस्त भएका छन् । ‘भन्सालीजस्तो सिर्जनशिल व्यक्तिमाथि यस्तो हुनु दुर्भाग्य हो’ कस्ट्युम डिजाइनर रिम्पल र हरपित नारुलाले भने ।

जलेका कस्ट्युमहरु जुनियर कलाकारका लागि थिए र रानी पद्मावतीका सुसारे र सहयोगीका लागि डिजाइन गरिएका थिए । ‘सबै जलेर ध्वस्त भएका छन् । अग्नि नियन्त्रक समयमै नपुग्दा कुनै सामान सद्दे छैनन्’ रिम्पलले भने ।

भन्सालीको फिल्ममाथि आक्रमण भएको यो दोस्रोपटक हो जसमा दीपिका पादुकोण, शाहिद कपुर र रणवीर सिंह मुख्य भूमिकामा देखिँदैछन् । जनवरी २७ मा सुटिङ सेटमै भन्सालीमाथि कुटपिट गर्दै सामान तोडफोड गरिएको थियो । फिल्म आगामी नोभेम्बर मध्यमा रिलिज हुने तयारी छ ।

Share.

About Author

Leave A Reply