‘वीर विक्रम २’ ट्रेलर : मित्रता भर्सेस प्रेम

0

मिलन चाम्स निर्देशित ‘वीर विक्रम २’ ट्रेलर सार्वजनिक भएको छ । मुस्ताङी पठारमा खिचिएको फिल्ममा नाजिर हुसेन, पल शाह, बुद्धि तामाङ, वर्षा शिवाकोटी लगायत फिचर्ड छन् ।

दुई तन्नेरीको मित्रताको कथा पेश गर्ने फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् । ट्रेलरले केही प्लट रहस्योद्घाटन गरिदिएको छ, जसमा मित्रतामा प्रेम बाधक बनेको अर्थमा बुझ्न सकिन्छ ।

हँसिया, वीर विक्रम, लिलिबिली र बबी फेम्ड निर्देशकले यसपटक प्रेम, रोमान्स, एक्सन र सोसल ड्रामालाई मिश्रण प्रयत्न गरेका छन् । जेठ ३ गते रिलिज हुने फिल्मलाई चाम्स इन्टरटेनमेन्ट ब्यानरमा निर्माण गरिएको हो ।

हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply