‘जात्रै जात्रा’ ट्रेलर : हराएको सुन खोज्न हिरो अघिअघि, पुलिस पछिपछि

0

‘जात्रै जात्रा’ ट्रेलर रिलिज भएको छ । ट्रेलरले फिल्मलाई लिएर केही रहस्योद्घाटन गरेको छ । जसअनुसार फिल्मका मुख्य पात्रहरु हराएको सुन खोज्न संघर्ष गर्छन् र प्रहरी उनीहरुलाई पछ्याउँछ ।

दयाहाङ राई प्रहरी अधिकृतको भूमिकामा छन् । विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ र राजाराम पौडेल मुख्य कलाकार हुन् । कमेडी जनरमा बनेको फिल्ममा अघिल्लो प्रिक्वेलकै कथावस्तु र पात्रलाई निरन्तरता दिइएको छ ।

प्रदीप भट्टराई निर्देशित फिल्मको पहिलो प्रिक्वेलले बक्सअफिसमा उधुम कमाइ गरेको थियो । शुक्रबारदेखि इन्टरनेट र हलमा रिलिज भएको जात्रै जात्रा ट्रेलरले दर्शकमाझ हाइप बनाउन सक्ने आशा गर्न सकिन्छ । जेठ ३ गते फिल्म रिलिज हुँदैछ ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply