संसदमा राष्ट्रपतिको घोषणा : नेपालमा विदेशी फिल्म सुटिङ गर्न अब एकद्धार नीति

0

सरकारले छायांकनका लागि नेपाल कार्यक्रम संचालन गरि सिनेमा पर्यटनको प्रवद्र्धन गर्ने घोषणा गरेको छ । संसदमा आज सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

सिनेमा तथा छायांकनका लागि नेपाली आउने विदेशीको लागि आवश्यक पर्ने सम्पूर्ण सेवाहरु एकद्धार प्रणालीमार्फत उपलब्ध हुने व्यवस्था मिलाइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘छायांकनका लागि विदेशीहरुको आकर्षण वृद्धि गर्न आवश्यक कदम चालिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ । अहिले विदेशी फिल्म छायांकनका लागि आउनेले नेपालभित्रकै अन्य निकायसँग पनि अनुमति लिनुपर्ने बाध्यता छ ।

अब भने सरकारले गठन एउटा फिल्म समितिको अनुमतिपछि विदेशी फिल्म निर्माताले सोझै नेपालको जुनसुकै ठाउँमा फिल्म सुट गर्न सक्छन् । ‘यो निकै खुशिको कुरा हो’ चलचित्र विकास बोर्डका अन्तराष्ट्रिय सम्बन्ध हेर्ने अधिकृत चिरञ्जीवि गुरागाइँले मूभिमान्डुसँग भने ।

Share.

About Author

Leave A Reply