एभेन्जर्स नेपालको लागि चुनौतिको घण्टी : दयाहाङ राई

0

अभिनेता दयाहाङ राईले ‘एभेन्जर्स : इन्ड गेम’को विश्वव्यापी अभूतपूर्व कमाइलाई वेकअप कल भन्दै ब्युँझन नेपाली निर्मातालाई आग्रह गरेका छन् । मूभिमान्डुसँग कुरा गर्दै राईले नेपाली मेकर्जका लागि समेत एभेन्जर्स खतराको घण्टी भएको बताए ।

हलिउड फिल्म एभेन्जर्सको यो अन्तिम संस्करणले नेपालमा समेत भव्य ब्यापार गरिरहेको छ । ‘नेपाली निर्माता समेत अब ब्युँझनुपर्ने बेला भैसक्यो’ राईले मूभिमान्डुसँग भने, ‘अब पनि हामीले आफ्नो प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरेनौं भने विदेशी फिल्मको हस्तक्षेप बढ्नेछ ।’

उनले जात्रै जात्रामा आफ्नो भूमिका निकै सरप्राइजिङ रहेको भन्दै दर्शकले इन्जोय गर्ने विश्वास व्यक्त गरे । अर्को एक जिज्ञासामा उनले निर्देशकमाथि स्टार हावी हुँदा फिल्म बिग्रिएको दाबी गरे । ‘चल्नेको पछि लाग्दा निर्देशकले सिर्जनात्मक सम्झौता गर्नुपरेको छ’ उनले भने, ‘फिल्म निर्देशकीय अभिव्यक्तिको माध्यम भन्ने कुरा बुझ्नु जरुरी छ ।’

दयाहाङसँगको अन्तवार्ता आइतबार प्रकाशित हुनेछ : सम्पादक ।

Share.

About Author

Leave A Reply