शिल्पा-आयुष्मान स्टारर ‘सानो मन’ रिलिज तय, फिचर्ड गीत लन्च

0

आयुष्मान देशराज र शिल्पा मास्के स्टारर ‘सानो मन’ले असार २० गतेलाई प्रदर्शन मिति तय गरेको छ । आइतबार राजधानीमा आयोजित समारोहमा फिल्मको पहिलो गीत ‘रानु कम्मर’ लन्च गरियो ।

कल्याण सिंह र रोमान बज्राचार्यको संगीत रहेको गीतमा रोमान, सीमा र सुयोग गुरुङको आवाज छ । गीतमा यी दुबै मुख्य कलाकार फिचर्ड छन् । सुयोग गुरुङ निर्देशित फिल्म म्युजिकल लभस्टोरी जनरमा बनेको छ ।

गौरी मल्ल, विशाल पहारी, शिशिर बाङ्देल, रस्मी भट्ट लगायतका अभिनेता समेत फिल्ममा छन् । प्रेसमिटमा उपस्थित अभिनेत्री मल्लले देशराजको अभिनय आफूलाई दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ पछिको उत्कृष्ट भएको बताइन् ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा सुट भएको फिल्मलाई निर्देशक गुरुङ र समिर सुनुवारले मिलेर लेखेका हुन् । हाइटेक इन्टरटेनमेन्ट, ए प्लस इन्टरटेनमेन्ट र ओपिजी फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply