‘अवतार २’ रिलिज डेट घोषणा, डिज्ने–फक्स मर्जरले ढिलियो

0

जेम्स क्यामरुन निर्देशित चार फिल्मको रिलिज मिति पुनः पछाडि धकेलिएको छ । केही महिनाअघि फक्स स्टुडियोसँग मर्ज भएको डिज्नेले एक विज्ञप्ती जारी गर्दै सन् २०२१, डिसेम्बर १७ मा ‘अवतार २’ रिलिज हुने जनाएको हो । बाँकी तीन फिल्म यसपछि रिलिज हुनेछन् ।

अवतारको पहिलो भाग सन् २००९ मा रिलिज भएको थियो । डिज्ने र फक्स मर्ज हुँदाको शिकार अवतार भएको हो । विश्व प्रतीक्षित फिल्म अवतारकै सिक्वेल रिलिजमा ढिलाइ भइरहँदा डिज्नेसँग यस्ता कति फिल्मको सिक्वेल पाइपलाइनमा छन् त भन्ने चासो सुरु भएको छ ।

२.८ विलियन अमेरिकी डलरसहित अवतार सर्वाधिक कमाउने हलिउड फिल्म हो । डिज्नेकै अहिले चलिरहेको ‘एभेन्जर्स एन्ड गेम’ले कीर्तिमान तोड्न सक्छ वा सक्दैन भन्ने चासो यतिबेला विश्वव्यापी छ ।

Share.

About Author

Leave A Reply