‘कबड्डी ३’ लाइनअप : लिड मेलमा दयाहाङ–कर्म, उपासना लिड फिमेल

0

अन्ततः ‘कबड्डी’ तेस्रो श्रृंखलाको कास्टिङ लाइनअपले पूर्णता पाएको छ । जसअनुसार सिक्वेलमा इन–आउट देखिन्छ । मूभिमान्डुलाई प्राप्त विवरणमा जनाइए अनुसार यी कास्टलाई लिएर कार्यशाला चल्दैछ ।

लिड मेलमा दयाहाङ राई, कर्म, विल्सनविक्रम राई र बुद्धि तामाङ छन् । फिमेल लिडमा ‘क्याप्टेन’ फेम्ड उपासनासिंह ठकुरी छिन् । ठकुरीलाई अनुबन्धित गरि वर्कसप सिकाइँदैछ ।

मुस्ताङी आञ्चलिकतामा केन्द्रित हुने फिल्म जेठदेखि छायांकनमा जाँदैछ । पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर फिल्मांकन हुँदैछ । एरीको पछिल्लो क्यामेरा एक्सटीले खिच्ने भएपछि फिल्मको चर्चा पनि छ ।

यसपटक निर्माताबाट रौनकविक्रम कँडेल बाहिरिएपछि रामबाबु गुरुङले आफ्नै ब्यानर सिनेमा आर्टबाट फिल्म बनाउँदैछन् । कबड्डी लोकप्रिय सिक्वेल हो जसको प्रिक्वेलले राम्रो कमाइ गरेको थियो । फिल्मलाई गुरुङ स्वयमले निर्देशन गर्नेछन् ।

Share.

About Author

Leave A Reply