तन्नेरी कथामा फिल्म ‘१२ सत्ताइस’ बन्ने

0

तीन बेरोजगार तन्नेरीको कथामाथि फिल्म ‘१२ सत्ताइस’ बन्ने भएको छ । शनिबार राजधानीमा आयोजित प्रेसमिटमा ह्याप्पी प्लानेट फिल्मसले फिल्म निर्माणको घोषणा गरेको हो ।

जोन योञ्जनको पटकथा र निर्देशन रहने फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्भ्रान्त थापा, ए–वान राज उप्रेती, भीष्म जोशी र अस्मिता खनाल कलाकार छन् ।

मूभिमान्डुसँग कुरा गर्दै निर्देशक योञ्जनले जीवन बाँच्ने सिलसिलामा बेरोजगार युवामा आउने समस्या फिल्मको कथावस्तु हो । गफ गर्ने नेपाली समाजको प्रवृत्तिलाई टाइटल मानेर दर्शाउन खोजिएको डेब्यु गर्न लागेकी लामिछानेले बताइन् ।

दीपक आरजेको संगीत, कृष्ण भण्डारीको सम्पादन, अनिश स्याङ्देनको छायांकन हुनेछ । रेनु राणा, दीपक खतिवडा र रुपक थापा निर्माता हुन् । फिल्मले छायांकन मिति तय गरिसकेको छैन ।

Share.

About Author

Leave A Reply