‘आप्पा’ रिलिज डेट पोस्टपोन्ड, ओरजिनल साउन्ड ट्रयाक रिलिज

0

दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’को ओरजिनल साउन्ड ट्रयाक इन्टरनेट रिलिज भएको छ । गीत लन्चसँगै फिल्मले असार १३ गतेलाई नयाँ रिलिज मितिको रुपमा घोषणा गरेको छ ।

फिल्मले पूर्वनिर्धारित जेठ २४ बाट पोस्टपोन्ड भएको हो । सार्वजनिक गीतमा हर्क साउदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत, मेलिना राई र योगीको स्वर समावेश छ ।

अनमोल गुरुङ निर्देशित फिल्मले बाबुछोराको सम्बन्धको कथा भन्छ । दयाहाङसहित सिद्धान्तराज तामाङ, अल्लोना काबो लेप्चा, अरुणा कार्की, तुलसी घिमिरेको अभिनय छ ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply