‘दाल भात तरकारी’ बक्सअफिस : ३ करोड मार्क !

0

शनिबार ‘दाल भात तरकारी’सहित प्रदर्शनरत सबै फिल्मले उच्च अकुपेन्सीसहित व्यापार गरे । पहिलो साता सुस्ताएको हरिवंश आचार्य स्टारर फिल्मले शनिबार राम्रो कमाइ गर्न सक्यो ।

शनिबार मल्टिप्लेक्समा दाल भात तरकारी शतप्रतिशत थियो । दोस्रो शनिबारसम्म ९ दिन हुन्छ । यस मितिसम्म फिल्मले नेपाली बक्सअफिसमा ३ करोड २० लाख ग्रस कमाइ गरेको छ । 

क्यूएफएक्स, क्यूएफएक्स बाहेक काठमाण्डू र क्यूएफएक्स बाहेकको मोफसलबाट करोड–करोड ग्रस कमाइ छ । जसले गर्दा तीन करोड ग्रस मार्क गर्न फिल्मलाई सजिलो भयो ।

शनिबार एक महिनादेखि चलिरहेको ए मेरो हजुर ३ समेत हाउसफूल रह्यो । नयाँ रिलिज ‘स्टुडेन्ट अफ दी इयर २’ र ‘एभेन्जर्स : इन्ड गेम’समेत शतप्रतिशत रहे । शनिबार खुलेको मौसमलाई यसको मुख्य कारण मानिएको छ ।

Share.

About Author

Leave A Reply