छ माया छपक्कै : थपिए प्रकाश घिमिरे र बसन्त भट्ट

0

‘छ माया छपक्कै’मा प्रकाश घिमिरे र बसन्त भट्ट अनुबन्धित भएका छन् । निर्माता एवं अभिनेता दीपकराज गिरीले यी दुई चरित्र अभिनेताको अनुबन्धनलाई पुष्टि गरे ।

‘अब बाँकी कलाकार सबै नाटकबाट लिन्छौं’ गिरी भन्छन्, ‘टाउके ल्याउने योजना छैन ।’ फिल्ममा यसअघि नै गिरीसहित केकी अधिकारी, केदार घिमिरे र जितु नेपाल तय छन् ।

जेठ ९ गतेदेखि फिल्मांकन सुरु हुनेछ र यसलाई दीपेन्द्र लामा निर्देशन गर्दैछन् । आमा सरस्वती मूभिज र रोहित अधिकारी फिल्मसले मिलेर बनाउने प्रोजेक्ट दशैंमा रिलिज तयारीमा छ ।

Share.

About Author

Leave A Reply