फ्राइडे रिलिज : मल्टिप्लेक्समा ‘किङ कङ’ रिलिज, एकलमा ‘मायाको साइनो’

0

शुक्रबार नेपाली बक्सअफिसमा दुई नयाँ सिनेमा रिलिज हुँदैछन् । हलिउडको प्रतीक्षित ‘कङ : स्कुल आइल्यान्ड’ र नेपालको ‘यो साइनो मायाको’ ।

सूत्र जानरामा बनेको ‘यो साइनो मायाको’लाई अरुण प्रधानले निर्देशन र रामकुमार श्रेष्ठले निर्माण गरेका हुन् । प्रेमको कथा भन्ने फिल्ममा जतिन ताम्राकार, रेस्मा घिमिरे, नवनित प्रधान, कासिस शर्माको अभिनय छ । एकल पर्दामा फिल्मलाई रुचाइन सक्छ ।

अमेरिकन मन्स्टर फिल्म ‘कङ : स्कुल आइल्यान्ड’ थ्रीडीलाई जोर्डन रोबर्ट्सले निर्देशन गरेका हुन् । टम हिडल्सन, स्यामुअल एल ज्याक्सन, जोन गुडम्यान अभिनित फिल्म ‘किङ कङ’ फिल्मकै सिक्वेल हो । यो हलिउड फ्रेन्चाइजलाई मल्टिप्लेक्समा रुचाइन सक्छ । पहिलोपटक केही मल्टिप्लेक्सले समेत यसलाई प्रदर्शन गर्दैछन् ।

Share.

About Author

Leave A Reply