‘लभ डायरिज’ रिलिज डेट घोषणा, पोस्टर आउट

0

फिल्म ‘लभ डायरिज’ले पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ । सौरभ चौधरी निर्देशित फस्टलुक पोस्टरमा सुशिल श्रेष्ठ र रुबिना थापा फिचर्ड छन् ।

यी दुई पात्रको रोमान्टिक मुडलाई पोस्टरमा बुनिएको छ । फिल्मको थिमसमेत पोस्टरमा उल्लेख छ । जसमा लेखिएको छ ‘अनपेक्षित प्रेम सुन्दर हुन्छ ।’ असोज ३ गते (सेप्टेम्बर २०)लाई रिलिज डेट तय गरिएको छ ।

फिल्ममा विश्वजित रिमाल खलपात्रको भूमिकामा छन् । ‘होस्टेल रिटन्र्ज’ फेम्ड अभिनेता सुशिलको यो कमब्याक हो । इस्टर इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । साहिल खान सह–निर्देशक हुन् । मधु बाँस्तोलाको पटकथा, संजय लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, अर्जुन पोखरेलको संगीत रहेको छ ।

Share.

About Author

Leave A Reply