‘कबड्डी कबड्डी कबड्डी’ निर्माण घोषणा

0

फिल्म ‘कबड्डी’को तेस्रो श्रृंखला ‘कबड्डी कबड्डी कबड्डी’को औपचारिक निर्माण घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित समारोहमा फिल्मबारे जानकारी दिइयो ।

रामबाबु गुरुङको पटकथा, निर्देशन रहेको फिल्ममा दयाहाङ राई, रिस्मा गुरुङ, कर्म, उपासनासिंह ठकुरीको मुख्य भूमिका छ । माओत्से गुरुङ, पुष्कर गुरुङ, विल्सनविक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल समेत छन् ।

‘यसपटक स्वजातिय र अन्तर्जातिय विहेको कथावस्तुमा फिल्म बन्नेछ’ फिल्मबारे अभिनेता दयाहाङ राईले भने, ‘प्रत्येक सिक्वेल पिच्छे नयाँ कथावस्तु हुँदा दर्शकलाई मजा पनि आउनेछ ।’

जेठ ५ गतेदेखि सुटिङ सुरु हुने फिल्मलाई पोखरा, घान्द्रुक र मुस्ताङमा छायांकन गरिने भएको छ । भदौदेखि तिहारको बीचमा रिलिज मिति घोषणा गरिएको छ ।

शैलेन्द्र कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको ध्वनी संयोजन हुनेछ । सिनेमा आर्टसँग मिलेर बाँसुरी फिल्मस, माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले फिल्म निर्माण गर्न लागेका हुन् ।

Share.

About Author

Leave A Reply