काठमाडौंमा आइफा अवार्ड गर्न ७४ करोड ?

0

बलिउडको आइफा अवार्ड काठमाडौंमा आयोजना गर्ने कुरा सरकारले केही महिना पहिले बालुवाटारबाट सुनाएकै हो । भारतीय अभिनेत्री जया प्रदासहितको डेलिगेसन टोलीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका थिए र तयारी थाल्ने बचन दिएका थिए ।

यतिबेला अवार्ड आयोजक टोली काठमाडौंमा छ र अवार्ड गर्नका लागि ७४ करोड खर्चको हिसाब निस्किएको छ । खर्च व्यवस्थापन र छलफलका लागि यसै साता नक्सालस्थित होटल मेरियटमा जमघट डाकिएको थियो जहाँ उच्च घरानाका व्यापारीसहित पर्यटन बोर्डका सीइओ दीपकराज जोशी समेत पुगेका थिए ।

जमघटमा उपस्थित भएका व्यापारीहरुले अवार्डमा लगानी गर्नको लागि आ–आफ्नो राय राखेको बुझिएको छ । कतिपयले अवार्ड गर्दा नेपाललाई के फाइदा हुन्छ भन्ने कुरा राखेका थिए । तर, प्रधानमन्त्रीले चाहिँ बलिउड अवार्ड गर्दा भारतीय पर्यटक बढ्ने कुरा बताइसकेका छन् ।

बलिउड अवार्डका लागि लगानी जुटाउन अहिले सरकारलाई हम्मे परेको छ । बुझिएअनुसार अवार्ड कार्यक्रमस्थल निर्माणका लागि अढाइ सय भारतीय कामदार झिकाउने तयारी भएको छ ।

Share.

About Author

Leave A Reply