‘दासढुंगा : च्याप्टर २’ निर्देशकमा कुमार भट्टराई, यस्तो छ लाइनअप

0

सन् २०१० को नेपाली फिल्म ‘दासढुंगा’को सिक्वेल बन्ने भएको छ । निर्माता कम्पनी अपिल विष्ट फिल्मसले ‘दासढुंगा : च्याप्टर २’ छायांकन भदौदेखि सुरु हुने जनाएको छ ।

सिक्वेलमा कुमार भट्टराईको निर्देशन एवं पटकथा लेखन रहने भएको छ । ‘दासढुंगा’ प्रिक्वेललाई मनोज पण्डितले निर्देशन गरेका थिए । स्क्रिप्ट लेखन काम भैरहेको च्याप्टर २ का कलाकार लगभग तय छन् ।

अनुप बराल, दयाहाङ राई, सौगात मल्ल कन्टिन्यू हुने जनाइएको छ भने श्रृंखलामा ऋचा शर्मा, सुरक्षा पन्त, भोलाराज सापकोटा लगायत थपिने बुझिएको छ । निर्माता कम्पनीले केही दिनमा थिम पोस्टर र लोगो रिलिज गर्ने तयारी थालेको छ ।

यसअघि दासढुंगालाई रिसुट गरेर पुनः रिलिज गर्ने तयारी थियो । ‘मसंग केही वर्षदेखि भएको कन्सेप्टमाथि फिल्म बन्न लागेको हो’ निर्देशक भट्टराईले मूभिमान्डुसँग भने, ‘दासढुंगा हत्याकाण्डको रहस्य अझै सुल्झिएको छैन र मदन भण्डारकै पार्टी शक्तिमा छ । यो मेसोमा च्याप्टर २ सान्दर्भिक हुनसक्छ ।’

चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रीतको निधनमाथि फिल्म आधारित छ । जिप चालक अमर लामालाई माओवादीले कीर्तिपुरमा मारिदिएपछि घटना झनै रहस्यमय बनिदियो । ‘फिल्म र यसको सन्दर्भ कन्टिन्यू हुनसक्छ’ निर्देशक भट्टराईले भने, ‘भण्डारकी पत्नी अहिले राष्ट्रपति हुनुहुन्छ र उहाँकै पार्टीको सरकार छ । दासढुंगा फिल्म सरकारमाथि दबाब पनि हुनसक्छ ।’

Share.

About Author

Leave A Reply