आलियाको सुटिङ सगरमाथा क्षेत्रमा

0

भारतीय महिला आरोही अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक छायांकनलाई अभिनेत्री आलिया भाट नेपालको सगरमाथा क्षेत्र पुग्ने भएकी छन् । भारतीय संचारमाध्यमका अनुसार फिल्म छायांकन आधार शिविर लगायत क्षेत्रमा हुनेछ ।

फस्टपोस्टका अनुसार फिल्म सिंहमाथि लेखिएको पुस्तक ‘बर्न अगेन अन द माउन्टेन’माथि बन्नेछ । सन् २०२० मा फिल्म छायांकन हुने समेत खबरमा उल्लेख छ । धर्मा प्रोडक्सन र विवेक अग्निहोत्रीको डर प्रोडक्सन ब्यानरमा फिल्म बन्न लागेको हो ।

निर्माताले सगरमाथा क्षेत्रमै फिल्म सुट गर्ने तयारी थालेका छन् । नेपालबाहेक भारतको लखनउमा फिल्म छायांकन हुनेछ । सन् २०११ मा भारतको राष्ट्रिय भलिबल खेलाडी सिंहलाई डाँकुहरुले गुडिरहेको रेलबाट धकेलिदिएका थिए । सन् २०१२ मा सिंहले विश्वकै पहिलो अपांग महिलाको रुपमा सगरमाथा आरोहण गरेकी थिइन् ।

Share.

About Author

Leave A Reply