‘रातो टीका निधारमा’ लाइनअप घोषणा | जेठ १० देखि सुटिङमा

0

साम्राज्ञी शाह स्टारर ‘रातो टीका निधारमा’ जेठ १० गतेदेखि सुटिङमा जाने भएको छ । सम्पूर्ण छायांकन पूर्वी नेपालको झापामा हुने जानकारी आइतबार आयोजित प्रेसमिटमा दिइयो ।

अशोक शर्माले निर्माण एवं निर्देशन गर्ने फिल्मबाट उनका छोरा अंकित मुख्य अभिनेताको रुपमा डेब्यु गर्दैछन् । उनले साम्राज्ञीसँग स्क्रिन सेयर गर्ने बुझिएको छ ।

नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुस्बु खड्का मुख्य भूमिकामा छन् । बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल समेत सहायक चरित्र छन् ।

आगामी दशैंमा रिलिज लक्ष्य राखिएको छ ।

Share.

About Author

Leave A Reply